बैंकिङ क्षेत्र सुधार तथा विकास सुझाव उपसमिति गठन

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १, आइतबार ११:१३

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार तथा विकास सुझाव उपसमिति गठन गरेको छ । डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरिएको हो ।

उपसमितिमा संयोजक कार्कीसहित नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल रहेका छन् ।

उपसमितिलाई एक महिनाभित्रमा बैंकिङ क्षेत्रको समग्र समस्या र समाधानबारे अध्ययन र सुझाव पेश गर्न भनिएको छ । राष्ट्र बैंक सञ्चालक समितिले यस्तो उपसमिति गठन गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.