कोशीको बजेट : कृषि कर्जा ब्याज अनुदानमा १४ करोड

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १, आइतबार १६:२४

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष कृषि सम्बद्ध व्यवसाय विस्तारका लागि अधिकतम किसानको पहुँच पुग्ने गरी बैंक वित्तीय संस्था तथा सहकारी मार्फत उपलब्ध कृषि कर्जामा ब्याज अनुदानका लागि १४ करोड विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा आज (आइतबार) प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले यो जानकारी दिएका हुन् ।

कृषि क्षेत्रका लागि काेशी प्रदेश सरकारले २ अर्ब १८ कराेड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि साे बजेट बिनियाेजन गरेको हाे ।

प्रदेश सरकारले आगमी आर्थिक वर्षका लागि ल्याउने बजेट ३७ अर्ब हाराहारीको हुने जनाइएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३७ अर्ब हाराहारीको हुने बताएका हुन् ।

झापाको गौरदह क्याम्पसमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले प्रदेशको बजेट निरन्तर घट्ने क्रममा रहेकाले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट ३७ अर्ब हाराहारीको हुने बताएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.