बढ्याे सेयर बजार, तीन महिना यताकै उच्च काराेबार

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २, सोमबार १५:३८

काठमाडौं । सोमबार सेयर बजारमा  १३ अर्ब १८ करोडको कारोबार भएकाे छ ।  यो काराेबार अंक गत फागुन १९ यताकै उच्च हो । साेमबार ११ अर्ब ४४ करोडको कारोबार भएको थियो ।

करिब साढे ३ महिनायताकै उच्च कारोबार हुँदा नेप्से परिसूचक २‍.८० अंक बढेको छ । आज २६५८ बिन्दुमा काराेबार बन्द भयाे ।

आज १२४ कम्पनीको मूल्य बढ्दा १२४ कै घट्यो । यस दिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४‍.६९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.४८, विकास बैंक ०.२९, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.२५ र व्यापार ०.०९ प्रतिशतले बढेकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.