
विराटनगर । नेपाली कांग्रेसका नेता अफ्ताव आलमलाई रौतहट नरसंहार आरोपबाट सफाइ दिने न्यायाधीश सर्वाेच्च अदालत तानिएका छन् ।
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुशीप्रसाद थारु र अर्जुन महर्जन सर्वाेच्च तानिएका हुन् ।
न्यायाधीशद्वय थारु र महर्जनको इजलासले गत जेठ १४ गते जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका पूर्वसांसद आलमलाई सफाइ दिएका थिए ।
आलमलाई सफाइ दिने न्यायाधीशद्वयविरुद्ध परिषदमा २ वटा उजुरी परेका छन् ।

























