
विराटनगर : नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङको शब्द रचनामा रहेको ‘सुवास बनेर आउनु तिमी’ बाेलकाे गीत सार्वजनिक भएको छ ।
शुक्रबार गजब टिभी च्यानलबाट गीत सार्वजनिक भएको हो ।
गीतमा मेलिना राईले स्वर दिएकी छन् । गीतमा वसन्त सापकोटाको संगीत रहेकाे छ । भिडियोमा प्रियंका कार्की अभिनेत्रीका रूपमा देखिएकी छिन् ।



















