सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध ७ वटा उजुरी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १२, बिहीबार १२:१२

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी परेको छ । सर्वोच्चका लागि प्रस्तावित ३ जना न्यायाधीशविरुद्ध उजुरी परेको हो ।

संसदीय सुनुवाइ समितिमा ५ वटा व्यक्ति केन्द्रित र २ वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको जनाइएको छ । उजुरीबारे समिति सभापति ईश्वरीदेवी न्यौपानेले बैठकमा जानकारी गराएकी छन् । को बारे, के उजुरी भन्ने खुल्न बाँकी छ ।

उजुरीकर्तालाई शुक्रबार समितिको बैठकमा आमन्त्रण गरिएको छ । वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम सर्वोच्चको न्यायाधीशमा सिफारिस भएको थियो ।

प्रस्तावित न्यायाधीशविरुद्ध परेको उजुरीउपर आगामी आइतबार संसदीय समितिमा सुनुवाइ हुने बताइएको छ । समिति सभापति न्यौपानेले ३ जना प्रस्तावित न्यायाधीशमाथिको सुनुवाइ आइतबार हुने बताइन् ।

तपाइको प्रतिक्रिया
झापाको विद्यालयमा एक महिनाभित्रमा दुई पटक चोरी
इटहरी अख्तियारमा पुगेर अनुसन्धानको फाइल देखाउन सांसदको दबाब
सुनचाँदीको मूल्य फेरी बढ्यो 
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
खामेनीको हत्यालाई लिएर इरानको कडा चेतावनी, ‘जिम्मेवार पक्षसँग बदला लिएरै छाड्छौं’
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
साइकलसहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला
बजेटकै कारण कोशी सरकार अप्ठ्यारोमा, संशोधनको बाटो खोज्दै सत्ता गठबन्धन
थमन विक हत्या प्रकरणको फैसला उल्टियो, एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद
पथरीशनिश्चरेबाट १९६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.