काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तीनजनाको संसदीय सुनुवाइ सकिएको छ । सुनुवाइ सकिएपनि अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा होल्डमा राखिएको छ । अर्काे साता बस्ने बैठकमा निर्णय हुनेछ ।
समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित व्यक्तिमाथिको छलफल बाँकी रहेको र समिति सदस्यहरूको कार्यव्यस्ताका कारण अर्को बैठकबाट आवश्यक निर्णय लिइने जानकारी दिइन् ।
गत जेठ ३० गतेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, न्यायाधीश श्रीकान्त पौडेल र अर्का न्यायाधीश शान्तिसिंह थापाको नाम तथा प्रधानमन्त्रीबाट न्याय परिषद् सदस्यमा महेशकुमार नेपालको नाम संसदीय सुनुवाइका लागि पठाइएको थियो ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्रै प्रस्तावित न्यायाधीशहरूलाई राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।