रानी आँखा अस्पतालमा अत्याधुनिक ओसीटी मेसिनसहितको सेवा विस्तार (भिडियोसहित)

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १६, सोमबार १८:०२

विराटनगर । विराटनगर महानगपालिका–१५ स्थित रानी आँखा अस्पतालले अत्याधुनिक अकुलर कोहोरेन्स टोमोग्राफी (ओसीटी) मेसिनसहितको सेवा विस्तार गरेको छ ।

मेसिनले आँखाको जटिल समस्या पत्ता लगाउने कामलाई सहज, तीव्र र विश्वसनीय बनाएको छ । यो मेसिनको प्रयोग गरेर सूक्ष्म रूपमा आँखाको पर्दा (रेटिना), दृष्टि स्नायु (अप्टिक नर्भ), जलविन्दु (ग्लोकोमा), मधुमेह वा रक्तचापबाट उत्पन्न हुने आँखाका असर र आँखाभित्रको मोटोपन (थिक्नेस) लगायतका समस्याको परीक्षण गर्न सकिने छ ।

ओसीटी मेसिन । 

मेसिनको प्रयोगमार्फत ‘डिजिटल इमेजिङ’ प्रविधिद्वारा आँखाभित्रका संरचना देखिने भएकाले डाक्टरहरूलाई समस्याको पहिचान गर्न सहयोग पुग्ने छ । मेसिनको अभावमा यसअघि यस्ता जटिल समस्या भएका बिरामीलाई उपचारका लागि अन्त्रय रेफर गर्नुपर्ने बाध्यता थियो । तर, अब रानी आँखा अस्पतालमै यस्तो सेवा उपलब्ध भएपछि बिरामीलाई समय, खर्च र मानसिक बोझ कम हुने भएको छ ।

ओसीटी मेसिनको प्रयोगले विशेष गरेर ‘डाइबेटिक रेटिनोपेथी’, ‘हाइपोटेन्सन रेटिनोपेथी’, ‘ग्लोको’मा, ‘म्याकुला डिजेनेरेसन’, ‘म्याकुला होल’, ‘रेटिनल डिटाचमेन्ट’ लगायतका आँखाका गम्भीर समस्याको अति सूक्ष्म अध्ययन गर्न सकिने अस्पतालका वरिष्ठ नेत्र रोग तथा कोर्निया विशेषज्ञ डाक्टर अभिषेक सुवालले बताए । उनका अनुसार यसबाट आँखाको पर्दाभित्र दुलो परेको छ वा छैन, पर्दा फुलेको छ वा छैन, दृष्टि स्नायुमाथि कुनै असर परेको छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ ।

डाक्टर अभिषेक सुवाल ।

आँखाको स्वास्थ्यका लागि साँचिकै ‘गेम चेन्जर’ सावित हुने यो मेसिन भित्राएर अस्पतालमा आँखाको क्षेत्रमा अत्याधुनिक उपचार प्रणालीको आधार तयार पारिएको डा. सुवाल बताउँछन् । ‘जुन बिरामीलाई हामी पहिले अन्यत्र पठाउँथ्यौं । अब त्यो उपचार यहीँबाटै गर्न सकिन्छ,’ उनी भन्छन्, ‘यस्तो मेसिनका कारण हामीले जटिल केसलाई पनि पहिलो चरणमै पत्ता लगाएर उपचार सुरु गर्न सक्छौं ।’

उनका अनुसार यो प्रविधि उपचारका लागि नभएर रोगको पूर्वनिदान र विश्लेषणका लागि प्रयोग गरिन्छ । अर्थात्, रोग प्रारम्भिक चरणमै पत्ता लगाएर तुरुन्तै उपचार सुरु गर्न सकिन्छ । आँखा भित्रका नसा, पर्दा र स्नायुको अवस्थालाई यसले सूक्ष्म विश्लेषण गरेर रिपोर्ट निकाल्छ । त्यसकै आधारमा कुन बिरामीलाई औषधि, कुनलाई ‘लेजर’, कुनलाई ‘सर्जरी’ चाहिन्छ भन्ने निर्णय लिइने उनले बताए ।

अस्पतालका अनुसार यो मेसिन सञ्चालनका लागि दक्ष प्राविधिक तयार पारिएको छ । परीक्षण रिपोर्ट तत्कालै उपलब्ध गराइन्छ । मेसिनबाट परीक्षण गर्दा सरकारी मापदण्डअनुसार न्यून शुल्कमा सेवा दिइने अस्पतालकी प्रशासन प्रमुख प्रतीक्षा बास्तोलाले बताइन् । अस्पतालले अति गरिब बिरामी वा सिफारिससहित आउने आँखाका बिरामीलाई ५० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिने व्यवस्था मिलाएको उनको भनाइ छ ।

प्रशासन प्रमुख प्रतीक्षा बास्तोला । 

रानी आँखा अस्पतालमा नेपाली मात्रै होइनन्, उपचारका लागि भारतबाट पनि उल्लेख्य संख्यामा बिरामी आउने गरेका छन् । भारतको तुलनामा सस्तो, गुणस्तरीय र प्रभावकारी सेवाले गर्दा भारतीय बिरामीको पहिलो रोजाइ बन्न पुगेको बास्तोलाले बताइन् । उनका अनुसार आँखा उपचारसँगै मानवतामूलक सेवा, स्वच्छ वातावरण, कुरुवालाई आवश्यक सुविधा र रातदिन सेवामा समर्पित चिकित्सकको उपलब्धताका कारण अस्पताल बिरामीको ‘विश्वासको केन्द्र’ बनेको छ ।

‘हामीले सेवालाई बिरामीको आँखाको उपचारमा मात्रै सीमित गरेका छैनौं । बिरामीका कुरुवालाई पनि शान्त, सुरक्षित र सम्मानजनक वातावरण दिइरहेका छौं,’ बास्तोला भन्छिन् । आँखाको उपचारमा ओसीटी मेसिनको प्रयोगसँगै अस्पतालले सब–स्पेसलाइजेसनतर्फ पनि पाइला चालेको छ । आगामी दिनमा रेटिना, अकलोप्लास्टिकजस्ता सेवा विस्तारको तयारी भइरहेको प्रशासन प्रमुख बास्तोलाको भनाइ छ । उनका अनुसार अस्पतालले ‘कोर्निया ट्रान्सप्लान्ट’लगायतका अन्य विशिष्टिकृत सेवा भने दिइरहेको छ ।

अस्पतालका नेत्र रोग विशेषज्ञ डा. जितेन्द्रकुमार सिंह आफूहरुलाई आँखाको मात्र नभएर मानिसको जीवनमै उज्यालो फर्काउने जिम्मेवारी रहेको बताउँछन् । त्यो जिम्मेवारी पूरा गर्न अत्याधुनिक प्रविधि, अनुभवी टोली र समर्पित सेवाको संयोजन मिलाइएको उनले बताए ।

डा. जितेन्द्रकुमार सिंह । 

१ सय जनाभन्दा बढीलाई रोजगारी दिएको र स्वास्थ्य पर्यटनको एउटा उज्यालो नमुना बनिरहेको रानी आँखा अस्पतालले ओसीटी मेसिनमार्फत अब सबैको विश्वास जित्न थालेको डा. सिंहको भनाइ छ । ‘हामी उपचार दिन्छौं । तर, त्योभन्दा पहिले रोग चिन्ने काममा अब हामी अरुभन्दा अगाडि छौं । आँखाको उज्यालो फर्काउन रानी आँखा अस्पतालमै सम्भव छ,’ उनी भन्छन् ।

विराटनगरको रानी आँखा अस्पताल : जसले जितिरहेको छ बिरामीको विश्वास (भिडियोसहित)

तपाइको प्रतिक्रिया
गगनका पूर्वशिक्षक खड्गीले दिए कांग्रेस सभापतिमा उम्मेदवारी
बेल्जियमका वैज्ञानिकले पाए भौतिशास्त्रको नोबेल पुरस्कार
११ दशमलव ९६ अंकले बढ्यो नेप्से
कोशीको नयाँ अभ्यास : कमजोर खेल सुधार्न अरु प्रदेशसँग सहकार्य, पदक विजेतालाई नगदसहित सम्मान
वैदेशिक रोजगारी व्यवस्थित गर्न तीनै तहबीच समन्वयमा जोड
कोशीमा १ हजार १६० जनामा स्क्रब टाइफस संक्रमण, देशभर १० हजारभन्दा बढी
कांग्रेस वरिष्ठ उपाध्यक्षमा शर्माको उम्मेदवारी
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश
नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×