कारबाही ऐन बाझिएको भन्दै चिकित्सक आन्दोलित

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १९, बिहीबार १८:५८

विराटनगर । नेपाल चिकित्सक संघले आव्हान गरेको आन्दोलनमा विराटनगरको रानी आँखा अस्पतालले ऐक्यबद्धता जनाएको छ ।

चिकित्सकीय कारबाहीका लागि प्रभावित हुने ऐन बाझिँदा चिकित्सकहरू मर्कामा परेको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित बनेको हो । विरोध स्वरूप चिकित्सकहरू कालोपट्टि बाँधेर काम गर्दै आएका छन् ।

उचित व्यवस्थापन नभएसम्म कालो पट्टि बाँध्ने र अन्य विरोधका कार्यक्रम जारी राख्ने संघले जनाएको छ ।

नेपालको अपराध संहिता, चिकित्सकहरूको अर्धन्यायिक निकाय नेपाल मेडिकल काउन्सिलमा व्यवस्था भएका चिकित्सकीय त्रुटि या लापरबाहीमा प्रयोग हुने प्रक्रिया र कानुनी व्यवस्था आपसमा बाझिएको संघले जनाएको छ ।
गत बिहीबार उपभोक्ता अदालतको फैसला सुने बित्तिकै नेपाल चिकित्सक संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समस्या बारे जानकारी गराए पनि माग सम्बोधनमा खासै चासो नदेखाएपछि विरोधमा उत्रनु परेको संघले जनाएको छ ।

आन्दोलन स्वरूप रानी आँखा अस्पतालका चिकित्सकहरू पनि हातमा कालो पट्टी बाँधेर विरोध जनाउँदै ।

तपाइको प्रतिक्रिया
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी दर्ता 
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
वरिष्ठता मिचेर सर्वोच्चमा न्यायाधीश सिफारिस, वरिष्ठतम न्यायाधीशसहित दुई सदस्यको फरक मत
 टोकियोमा लेखक अर्याल सम्मानित
टोकियोमा लेखक अर्याल सम्मानित
चाडपर्वमा सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन
दसैंको टीका कात्तिक ४ गते, बिहान १०ः२६ बजे उत्तम साइत
कांग्रेस सभापतिमा गगनको उम्मेदवारी
नागरिक सुरक्षामा प्रहरी सेवा थप प्रभावकारी बनाउने डीआईजी खनालको प्रतिबद्धता
एमालेमा सार्वजनिक असहमति रोक्ने ओलीको कडा सन्देश, नेतृत्व हस्तान्तरणमा भने ‘हतार नगर्न’ जोड
सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस, बागचन्दको लामो प्रतीक्षाको अन्त्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×