
सर्लाही । सर्लाही प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) योगेन्द्रकुमार खड्कालाई धम्की दिएको र गालीगलौज गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा)का नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
अशोक राई नेतृत्वको जसपाका मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भए पनि यादव पक्राउ परेका छैनन् ।
यादव र एसपी खड्काबीच फोनमा विवाद भएको अडियो सार्वजनिक भएको थियो । यादवले एसपीलाई विभिन्न गालीगलौज गर्दै धम्की दिएको अडियोमा सुन्न सकिन्छ ।
प्रहरीलाई आक्षेप लगाउने हिसाबले यादवले गाली गरेका थिए । अडियो सार्वजनिक भएपछि यसको सत्यतथ्य छानबिन गर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

























