दुर्घटनामा घाइते भएका सफारीका यात्रुको मृत्यु

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २१, शनिबार १७:३६

झापा । झापामा दुर्घटनामा परेर गम्भीर घाइते भएका सीटी सफारीमा सवार रहेका यात्रुको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–७ बसपार्क बस्ने ४० वर्षीय सुदीप राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गबाट बसपार्क तर्फ जाँदै गरेको मे १ ह ६१०५ नम्बरको सफारी आफैं अनियन्त्रित भएर असार १५ गते दुर्घटना भएको थियो ।

मेचीनगर–७ स्थित पालिया टोलमा दुर्घटना हुँदा गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ओम साई पाथीभर अस्पताल भद्रपुर लगियो ।

तर, उपचार सम्भव भएन । उपचारका क्रममा शनिबार बिहान ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । सफारी चालक मेचीनगर–७ का ४५ वर्षीय नवीन विश्वकर्मालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.