
नुवाकोट । त्रिशूली नदीमा फसेका दम्पतीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
नुवाकोटको बिदुर नगरपालिका– १ त्रिशुली बसपार्कनजिकै त्रिशूली नदीको बीचमा ६७ वर्षीय पाल्देन तामाङ र उनकी पत्नी ६२ वर्षीया मंगली तामाङ फसेका थिए । उनीहरुको उद्धारका लागि २ वटा हेलिकोप्टर परिचालन गरिएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तामाङ दम्पतीको सकुशल उद्धार गरिएको छ । उनीहरु एकाबिहानै नदीमा दाउरा संकलन गर्न पुगेका थिए।
तर, अचानक बाढीले पानीको सतह बढेपछि उनीहरु फसेका थिए । त्यसपछि रुखमाथि चढेर बसेका उनीहरुको सकुशल उद्धार गरिएको हो ।

























