चट्याङले लागेर ताप्लेजुङमा १ जनाको मृत्यु, १ जना घाइते

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २५, बुधबार ०७:५९

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङले लागेर १ जनाको मृत्यु भएको छ। १ जना किशोर घाइते भएका छन् ।

प्रहरीका अनुसार चट्याङले सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको मृत्यु भएको हो । चट्याङले लागेर मंगलबार साँझ घाइते भएका उनको उपचारका क्रममा साब्लाखुस्थित स्वास्थ्य चौकीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा बसिरहेका बेला परेको चट्याङले उनी घाइते भएका थिए । तत्काल उद्धार गरेर आफन्तले स्वास्थ्य चौकी पुर्याए पनि उनको ज्यान गएको छ ।

त्यस्तै, चट्याङले लागेर सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका १७ वर्षीय मिसन लिम्बू घाइते भएका छन्। चट्याङले लागेर उनी मंगलबार साँझ घाइते भएका थिए । साब्लाखुस्थित स्वास्थ्य चौकीमा उनको उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.