झापामा जन्ती बस दुर्घटना, १६ जना घाइते

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३१, मंगलबार १०:५०

विराटनगर । झापाको गौरीगन्ज गाउँपालिका–४ नयाँ बजारमा सोमबार राति जन्ती बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

गौरीगन्जबाट अल्टामारीतर्फ जन्ती लिएर जाँदै गरेको प्रदेश १–०१–००१ क १५३५ नम्बरको सनसाइन ईङलिस बोर्डिङ स्कुलको बस आफैं अनियन्त्रित भएर राति ८ः४० बजेतिर दुर्घटनामा परेको थियो । घाइतेमध्ये ८ जनाको गौरीगन्ज आधारभूत अस्पताल र ८ जनाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोरङको सुनवर्षी नगरपालिका–७ का ३२ वर्षीय चन्द्रलाल हजाम, १३ वर्षीया सपना ठाकुर, गौरीगन्ज–१ का १७ वर्षीय समिल राजवंशी, गौरीगन्ज–२ का १८ वर्षीय मनिष राजवंशी, १५ वर्षीय हिमेश हजाम, २५ वर्षीया सीमा ठाकुर, २४ वर्षीय अजय ठाकुर र मोरङको रतुवामाई नगरपालिका–२ की १५ वर्षीय उषाकुमारी हजाम घाइते भएका छन् । त्यस्तै, गौरीगन्ज–२ का ४४ वर्षीय जगतनारायण ठाकुर, २२ वर्षीय अभिषक राजवंशी, २५ वर्षीय रूपेश ठाकुर, २९ वर्षीय देवकुमार राजवंशी, १६ वर्षीय क्षितिज ठाकुर, १७ वर्षीय प्रशान्त राजवंशी, झापाकै गौरादह नगरपालिका–८ का २६ वर्षीय विनोद ठाकुर र भारत अररियाका ३० वर्षीय सचिन ठाकुर घाइते भएका छन् ।

चाकलले मापसे (मादक पदार्थ सेवन) गरेर चलाउँदा बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ । बस र चालक गौरीगन्ज–४ का ४० वर्षीय सोरेन गिरीलवाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.