
विराटनगर । खोटाङको बारापोखरी गाउँपालिका–४ मा करेन्ट लागेर सोमबार राति १ जना युवतीको मृत्यु भएको छ ।
कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार २५ वर्षीया इन्द्रा राईको मृत्यु भएको हो । मोबाइल चार्ज गर्ने क्रममा राईलाई राति ९ बजेतिर करेन्ट लागेको पोखरेलले बताए ।
करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























