
विराटनगर । सुनसरीको रामधुनीमा करेन्ट लागेर शुक्रबार साँझ १ जना किशोरीको मृत्यु भएको छ ।
रामधुनी नगरपालिका–६ की १८ वर्षीया स्मृति चौधरीको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार घरको कलमा पानी थाप्नका लागि कल चलाउने क्रममा साँझ ६ बजेतिर करेन्ट लागेर उनी घाइते भएकी थिइन् ।
गम्भीर अवस्थाकी उनलाई उपचारका लागि सान्वीसीटी अस्तपाल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । पोस्टमार्टमका लागि शवलाई इनरुवा अस्पतालमा लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























