मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ४, आइतबार ०९:२२
फाइल फाेटाे

विराटनगर । निरन्तरको वर्षासँगै आएको बाढीले हेवा खाेलाको डाइभर्सनमा क्षति पुर्याउँदा मेची राजमार्ग अवरुद्ध भएको छ ।

पाँचथरको हेवा खोलाको डाइभर्सन  भत्काएपछि मेची राजमार्ग अवरूद्ध भएको हो । यसअघि सोही स्थानमा निर्माण भएको बेलीब्रीज भाँचिएको थियो ।

राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएको छ ।

बाढी र पहिरोका कारण कारण तमोर करिडोर पनि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पहिरोका कारण साँघुरीगढी गाँउपालिका – ९ मा पहिरो गएका का सडक अवरुद्ध भएको हो । मध्यपहाडी लोकमार्ग र रवि–दमक सडक खण्ड पनि अवरुद्ध भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.