बारा र महोत्तरी जाँदै प्रधानमन्त्री

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ९, शुक्रबार ०६:४८

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जाँदै छन्।

प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीले जानकारी दिए।

महोत्तरीमै जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले वर्षा नहुँदा समस्या भोगिरहेका किसानसँग पनि छलफल गर्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.