रेलबाट खसेर धरानका युवकको मृत्यु

Share this
662shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ९, शुक्रबार १४:५९

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१७ का १ जना युवकको भारतमा रेलबाट खसेर मृत्यु भएको छ । २४ वर्षीय सनम राईको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको उपचारका क्रममा पटनास्थित अस्पतालमा शुक्रबार बिहान ३ बजेतिर निधन भएको परिवारले जनाएको छ । दिल्लीतर्फ जाँदै गर्दा राई बिहीबार बिहान रेलबाट खसेर घाइते भएका थिए ।

मृतकको शव पोस्टमार्टपछि शुक्रबार नै नेपाल ल्याउने तयारी गरिएको छ । राई गत बुधबार छिमेकी दीपक राईसँगै काम गर्न दिल्लीतर्फ हिँडेका थिए ।

घटना हुँदा दीपक साथमा नरहेको र उनको मोबाइल पनि ‘अफ’ रहेको परिवारले जनाएको छ । मृतकका परिवारले सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिर र नागरिकता देखेर घटनाका बारेमा थाहा पाएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.