देवानगन्जबाट ६० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १०, शनिबार ११:१०

विराटनगर । सुनसरीको देवानगन्जबाट प्रहरीले ६० किलो गाँजा बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न भने फरार भएका छन् ।

देवानगन्ज गाउँपालिका–३ खत्वे टोलबाट प्रहरीले शुक्रबार राति ९ बजेतिर गाँजा बरामद गरेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार गाँजा नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय देवानगन्जबाट टोली खटिएको थियो ।

प्रहरीलाई देख्नसाथ नम्बर नखुलेको मोटरसाइकलको पछाडि राखिएको २ वटा सेतो बोरा फालेर मोटरसाइकलसहित चालक फरार भएका थिए । बोरा खोलेर हेर्दा ६० किलो गाँजा फेला परेको खतिवडाले बताए ।

उनका अनुसार बोराभित्र ३ वटा प्लाष्टिकमा प्याक गरेर राखिएको अवस्थामा गाँजाजस्तो देखिने वस्तु बरामद भएको हो । गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा लगेर राखिएको छ ।

फरार रहेका चालक र मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.