दमकमा यात्रुवाहक बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १०, शनिबार ११:२१

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा यात्रुवाहक बसको ठक्करबाट शनिबार बिहान साइकल यात्रीको मृत्यु भएको छ ।

दमक नगरपालिका–४ चिया बगानमा बिहान ६ः४५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४३६३ नम्बरको बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट साइकलमा यात्रा गरिरहेका दमक–४ घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो ।

चिकित्सकले विकलाई ७ः२८ बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ । बस र चालक मकवानपुरको हेडौँडा–७ का ४७ वर्षीय राजेन्द्र गौतमलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.