‘मर्निङ वाक’मा गएका दुई जना हात्ती आक्रमणबाट घाइते

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ११, आइतबार ०८:५७
फाइल तस्बिर

विराटनगर । झापामा दुई महिला जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका छन् । ‘मर्निङ वाक’मा रहेका दमक नगरपालिका–१ बरगाछीका ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनिता राई घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार घरबाट निस्केर बाटोमा हिँडिरहेका बेला नजिकैको जङ्गलबाट निस्किएको हात्तीले आक्रमण गरेको थियो ।

घाइते भएकाहरुको टाउको, हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेमध्ये सुनिताको अवस्था गम्भीर रहेको बताइएको छ । आक्रमणपछि हात्ती जङ्गलतिर पसेको थियो ।

एक वर्षमा ६ जनाको मृत्यु

आर्थिक वर्ष २०८१–८२ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा ६ जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सोही अवधिमा हात्तीको आक्रमणबाट सात जना मानिस घाइते भएका थिए भने चारवटा हात्ती मृत भेटिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.