
विराटनगर । रसुवा जिल्लामा रहेको गोसाईंकुण्ड गोसाईंकुण्डमा पौडी खेल्ने क्रममा डुबेर मोरङका मनोज न्यौपाने र सुजन ढकाल बेपत्ता भएका छन् ।
आज (साउन ११ गते आइतबार) दिउँसो गोसाईंकुण्डमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता भएका व्यक्तिहरूको खोजिकार्यको लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन भएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक मोहविर नगालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज तथा अन्य सुरक्षा निकाय समेत संयुक्त रुपमा बेपत्ताहरुको खोजिकार्यको लागि परिचालन भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
बेपत्ता हुनेहरूको पूर्ण विवरण प्राप्त भएको छैन ।

























