धुधुवा खोलामा डुबेर ४ वर्षीय नाबालिकाको मृत्यु

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १२, सोमबार १३:५५

विराटनगर । धुधुवा खोलामा डुबेर विराटनगरकी नाबालिकाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका– ६ स्थित धुधुवा खोलामा खेल्ने क्रममा डुबेर स्थानीय दीपक पासवानकी ४ वर्षीया छोरी आरुषी पासवानको मृत्यु भएको हो ।

प्रहरीका अनुसार साउन ११ गते दिउँसो करिब ४ बजे घर नजिकै रहेको धुधुवा खोलामा डुबिरहेको देखेपछि आफन्तले उपचारको लागि गोल्डेन अस्पताल लगेका थिए ।

अस्पतालमा उनको मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.