सुनसरीबाट लागुऔषधसहित ८ जना पक्राउ

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १२, सोमबार १४:०२
फाइल फोटो

विराटनगर । प्रहरीले सुनसरी जिल्लाको छुट्टा–छुट्टै स्थानबाट लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ ।

साउन ११ गते इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले ८ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले धरान– १५ का ३७ वर्षीय योजन राईले सञ्चालन गरेको ट्याटु हाउसबाट प्रतिबन्धित औषधी २ हजार ७३ चक्की र ब्राउन सुगर ६८० मिलिग्रामसहित २७ वर्षीय दिपेन मगर, २१ वर्षीय जगत मगर, ३३ वर्षीय कृष्ण राई, ३२ वर्षीय सुरज कार्की, २४ वर्षीय सोमत राई र १९ वर्षीय असिम राई पक्राउ परेका हुन् ।

इनरुवा नगरपालिका– ४ स्थितबाट धनकुटा साँगुरीगढीका गाउँपालिका– २ का २० वर्षीय करण राईलाई ४ ग्राम ७० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.