फेरिए सिन्धुपाल्चोक र रुपन्देहीका सिडिओ

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १२, सोमबार १५:५५

विराटनगर । सिन्धुपाल्चोक र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

गृह मन्त्रालयले सोमबार दुवै जिल्लाका सिडिओ सरुवा गर्ने निर्णय गरेको हो ।

रुपन्देहीमा टोकराज पाण्डे प्रमुख जिल्ला अधिकारी बनेका छन् भने त्यहाँका बासु घिमिरेलाई मन्त्रालय तानिएकाे छ ।

त्यस्तै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीमा बन्धु बास्तोलालाई पठाएको छ।

त्यहाँका सिडिओ किरण थापालाई पनि मन्त्रालयमा तानिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.