तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १३, मंगलबार १०:३१

विराटनगर । झापामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । कचनकवल गाउँपालिका–७ सितागढीमा घटना भएको हो ।

घरनजिक रहेको सिँचाइ मोटरमा तार जोड्ने क्रममा सोमबार राति करेन्ट लागेर ५० वर्षीय अरुण राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करेन्ट लागेर राजवंशीको घटनास्थलमै मृत्यु भएको हो ।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । घटनाको थप अनुस्न्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.