जंगली हात्तीले पुर्यायो ४ घरमा क्षति

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १३, मंगलबार १०:४१
फाइल तस्बिर

विराटनगर । झापामा जंगली हात्तीले मंगलबार बिहानका राति ४ घरमा क्षति पुर्याएको छ ।

भद्रपुर नगरपालिका–४ नमुना बस्तीमा एकैपटक ४ वटा जंगली हात्ती पसेर क्षति पुर्याइएको प्रहरीले जनाएको छ । हात्तीले घरमा सामान्य क्षति पुर्याएको हो ।

टेकनाथ पराजुलीको भान्सा घर भत्काएर २० मन मकै खाइदिएको छ । पराजुलीको घरमा ३५ हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, प्रेमलाल भण्डारी र रीता विकको घरमा ७–७ हजार तथा जितबहादुर लिम्बूको घरमा १३ हजारको क्षति गरेको प्रहरीले जनाएको छ । लिम्बूको घरमा रहेका ५ वटा सुपारीको बोट र १० वटा केराको बोटसमेत हात्तीले नष्ट गरिदिएको छ ।

स्थानीयले होहल्ला गर्न थालेपछि हात्तीको हुल जंगलतर्फ गएको थियो । जंगली हात्ती गाउँ पस्न थालेको भन्दै प्रहरीले हात्तीलाई नजिस्क्याउन र सावधानी अपनाउन सबैमा आह्वान गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.