दुहबीमा दुर्घटना : १ जनाको मृत्यु, २ जना घाइते

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १७, शनिबार १०:४५

विराटनगर । सुनसरीको दुहबीमा शुक्रबार राति २ वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।

दुहबी–इनरुवा सडक खण्डअन्तर्गत दुहबी नगरपालिका–२ पचिरामा राति ९ः१० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुहबीबाट इनरुवातिर जाँदै गरेको को ६ प ५२४१ नम्बरको मोटरसाइकल र इनरुवाबाट दुहबीतिर आउँदै गरेको को ३२ प १५०४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।

दुर्घटनामा १५०४ नम्बरको मोटरसाइकलका चालक सुनसरीको गढी गाउँपालिका–२ का १८ वर्षीय नजामुदिन मियाँको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको हो ।

शवलाई पोस्टमार्टमका लागि विराटनगरकै कोशी अस्पताल लगिएको छ । त्यस्तै, दुर्घटनामा परेर उक्त मोटरसाइकलको पछाडि सवार गढी–२ का १७ वर्षीय सबाद आलम घाइते भएका छन् । उनको विराट नर्सिङमै उपचार भइरहेको छ ।

दुर्घटनामा ५२४१ नम्बरको मोटरसाइकलका चालक गढी गाउँपालिका–२ का अन्दाजी २२ वर्षीय विश्वजित चौधरी घाइते भएका छन् । उनको पनि विराटमै उपचार भइरहेको छ । पछाडि सवार महेश चौधरी फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.