
काठमाडौं । संवैधानिक इजलासमासमेत गोला प्रक्रियाबाट न्यायाधीश छनोट गर्न सर्वोच्च अदालत बार एसोसिएसनले माग गरेको छ ।
सर्वोच्च बारले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई ज्ञापनपत्र बुझाउँदै संवैधानिक इजलासमा पनि गोला प्रक्रियाबाट न्यायाधीश तोक्न माग गरेको हो ।
नेपालको संविधानको धारा १३७ मा संवैधानिक इजलाससम्बन्धी व्यवस्था छ, जहाँ प्रधानन्यायाधीश र न्यायपरिषद्को सिफारिसमा उनले तोकेका ४ न्यायाधीश रहने व्यवस्था छ ।
सर्वोच्च अदालतको व्याख्या अनुसार ४ भन्दा बढी न्यायाधीशहरूको सूची (रोस्टर) बनाई तीमध्येबाट प्रधानन्यायाधीशले ४ जना न्यायाधीश तोक्ने अभ्यास भएको थियो । प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशहरू संवैधानिक इजलासमा रहने अभ्यास छ । बारले भने गोलाबाटै न्यायाधीश तोक्न माग गरेको हो ।



















