कोशीका मुख्यमन्त्रीले वितरण गरे साइकल

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २०, मंगलबार १८:२५

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको गौरीगञ्जमा गरिब तथा जेहनदार विद्यार्थीहरूलाई साइकल वितरण गरेका छन् ।

झापाको गौरीगञ्ज क्याम्पसमा मंगलबार आयोजित कार्यक्रमका बीच साइकल वितरण गरेका हुन् । गौरीगञ्ज क्याम्पससहित त्यस क्षेत्रका ४ वटा विद्यालयका २० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको हो ।

सामाजिक संस्था आलरेस दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा विद्यार्थीहरूलाई साइकल वितरण गरिएको थियो । संस्थाको सहयोगमा मोरङको सुनवर्षी नगरपालिका–६ मा गजादर माविमा पनि मुख्यमन्त्री कार्कीले १० जना विद्यार्थीलाई साइकल वितरण गरेका छन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म शिक्षा क्षेत्रमा काम गरिरहेको बताए । प्रदेश सरकारको स्रोत थोरै भएपनि विद्यालय र सामुदायिक क्याम्पसहरूलाई सहयोग गरिरहेको उनको भनाइ छ ।

‘प्रदेशको सामर्थ्यले भ्याएसम्म गरिब तथा विपन्न वर्गका बालबालिकाका लागि प्रदेश सरकारले काम गरिरहेको छ,’ उनले भने । मुख्यमन्त्री कार्की आफ्नो निर्वाचन क्षेत्रमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार गौरीगञ्ज पुगेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.