सहायक राजमार्गको जिम्मा प्रदेश र स्थानीय तहलाई

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २०, मंगलबार १८:४५

काठमाडौं । संघीय सरकारले सहायक राजमार्ग प्रदेश र स्थानीय सरकारलाई जिम्मा दिने निर्णय गरेको छ ।

राष्ट्रिय राजमार्ग बाहेकका सहायक राजमार्ग प्रदेश र स्थानीय तह मातहत आएको हो । भौतिक पूर्वधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले मर्मत सम्भार गर्दै आएको ३ हजार ७८ किलोमिटर बराबरको सहायक राजमार्ग हस्तान्तरण गर्ने निर्णय भएको छ ।

भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार बसेको संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ अनुसारको विषयगत समितिको बैठकले उक्त निर्णय गरेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.