खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २१, बुधबार ०७:४६

विराटनगर । झापामा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मंगलबार राति १ जना महिलाको मृत्यु भएको छ ।

गौरादह नगरपालिका–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरदेखि करिब १० मिटर उत्तरमा रहेको मोटरबाट खेतमा पानी लगाउने क्रममा अचानक उनलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

करेन्ट लागेर नेम्वाङको घटनास्थलमै मृत्य भएको हो । आमालाई मृत फेला पारेपछि छोरा २५ वर्षीय सुशील नेम्वाङले शवलाई घरमा लगेर राखेका थिए ।

मृतकका पति ललित नेम्वाङको यसअघि नै मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.