दाउरा निकाल्ने क्रममा खोलाले बगायो

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २३, शुक्रबार १४:०६

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका–१० र ७ को सिमाना टेक्रास्थित माइखोलाले बगाउँदा १ जना बेपत्ता भएका छन् ।

खोलाले बगाएर कनकाई नगरपालिका–५ का अन्दाजी ६० वर्षीय चन्द्रबहादुर विक बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खोलाबाट दाउरा निकाल्ने क्रममा शुक्रबार बिहान करिब ११ः३० बजेतिर उनलाई माइखोलाले बगाएको थियो ।

स्थानीयको सहयोगमा खोजी तीव्र पारेको प्रहरीले यो समाचार तयार पार्दासम्म विकलाई फेला पार्न सकेको छैन । प्रहरीले घटनाको थप अनुसन्धान पनि गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.