रेलसँग ठोक्कियो कार

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २५, आइतबार १०:५०

जनकपुरधाम । जनकपुरको थापाचोकस्थित रेल–वे लिक क्रस गर्ने क्रममा रेलसँग कार ठोक्किएर दुर्घटना भएको हो ।

रेल–वे लिक क्रस गर्ने क्रममा भांगहाबाट जनकपुरतर्फ जाँदै गरेको रेलसँग बागमती प्रदेश ०१–०२५ च १२९० नम्बरको कार ठोक्किएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रत्यक्षदर्शीका अनुसार थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको जानकारी प्रहरीले दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.