
विराटनगर । झापाको मेचीनगर नगरपालिका–७ शिदार्थ टोलस्थित पालिया खोलामा आइतबार महिलाको शव फेला परेको छ ।
मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्दाजी ५०–५५ वर्षजस्तो देखिने महिलाको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । मृतकको पहिचानको प्रयास गर्दै घटनाको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

























