माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाकाे मृत्यु

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २६, सोमबार ०६:४७

झापा । झापाको हल्दिबारी गाउँपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।

सङ्खुवासभा चैनपुर नगरपालिका–२ घर भई हाल हल्दिबारी–४ ऐनाबारीमा बस्दै आएका ३१ वर्षीय रामकुमार अधिकारीको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा आइतबार मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले हल्दिबारी–४ स्थित मैनाली हाते कागज खरिद–बिक्री केन्द्रमा काम गर्दै आएका अधिकारी करेन्ट लगाएर माछा मार्दै थिए । साेही क्रममा  करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको उनले बताए ।

यसैगरी मेचीनगर नगरपालिका–७ स्थित पालिया खोलामा एक महिलाको शव फेला परेको छ ।

आइतबार बिहान खोलामा घोप्टो परेको अवस्थामा करिब ५०–५५ वर्षीया महिलाको शव फेला परेको  हाे । हालसम्म मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.