अर्जुन जम्नेली राईलाई ‘कृष्ण देवान पत्रकारिता पुरस्कार’ प्रदान

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २६, सोमबार १४:४२

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औँ स्थापना दिवसको अवसरमा अर्जुन जम्नेली राईलाई ‘कृष्ण देवान पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। उनी फाेनिज केन्द्रीय उपाध्यक्ष  हुन् ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले राईलाई ८ हजार रुपैयाँ नगद राशीसहित पुरस्कार हस्तान्तरण गरे ।

फोनिजका लेखा समिति सदस्य एवम् पत्रकार प्रेम देवानको बुवाको स्मृतिमा कोष स्थापना गरिएको हो ।

स्थापना दिवसको अवसरमा फाेनिज माेरङकाे वेभसाइटसमेत शुभारम्भ गरिएकाे थियाे ।

वेभसाइटसमेत शुभारम्भ गर्दै विराटनगर महानगरपालिकाका प्रमुख  कोइरालाले अबको समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को रहेकाले  समयसापेक्ष रुपमा हिँड्न नसक्नेहरू पछाडि पर्ने बताए ।

हिमालय दर्शन कलेजको सहयोगमा वेबसाइट निर्माण गरेर शुभारम्भ गरिएकाे हाे । कार्यक्रममा बोल्दै हिमालय दर्शन कलेजका प्रमुख भरत सापकोटाले हिमालय दर्शन कलेज सहकार्यका लागि सधै तयार रहेकाे बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.