भोजपुरको साल्पासिलिछोमा ६ परिवार विस्थापित

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २७, मंगलबार १७:१२

भोजपुर । अविरल वर्षापछि पहिरोको जोखिम बढेसँगै भोजपुरको उत्तरमा पर्ने साल्पासिलिछो गाउँपालिका–६ खाम्दाकका ६ परिवार विस्थापित भएका छन् ।

केही दिनदेखिको लगातार वर्षाले घरमाथि र मुनिबाट पहिरो खस्न थालेपछि पीडितहरूलाई सुरक्षित स्थानमा सारिएको हो । चर्किएर घर बस्न अयोग्य भएपछि विस्थापित परिवारलाई अस्थायी रूपमा आफन्तको घर र स्थानीय क्लबको भवनमा राखिएको छ ।

प्रहरीका अनुसार विक्रम राई, विजय राई, धर्मराज राई, दलकुमार राई, ज्योती राई र देउराज राईको परिवार विस्थापित भएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर उमेश यादवले वर्षासँगै पहिरोको जोखिम बढेपछि ६ परिवार विस्थापित भएको र विस्थापितलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.