झापामा जंगली हात्ती गाउँ पसे : घर भत्काए, अन्न खाइदिए

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २८, बुधबार १२:४२
फाइल तस्बिर

झापा । झापाको मेचीनगर नगरपालिका–१ साडुगौडामा मध्यरातमा गाउँ पसेर जंगली हात्तीले क्षति गरेका छन् ।

हात्तीले घर भत्काइदिनुका साथै घरमा राखिएको अन्न र बाली खाइदिएको प्रहरीले जनाएको छ । हात्तीले उपद्रो मच्चाउँदा ४ परिवार मर्कामा परेका छन् । ८८ हजार बराबरको क्षति भएको छ ।

बुधबार राति करिब १२ः३० बजे २ वटा जंगली हात्ती बस्तीमा पसेको प्रहरीको भनाइ छ । हात्तीले नर्वु तामाङको भान्सा घरको टिनको छाना भत्काएर करिब २५ हजार रुपैयाँ बराबरको क्षति पुर्याएको इलाका प्रहरी कार्यालय मेचीनगरले जनाएको छ ।

त्यस्तै, प्रेम बहादुर भारतीको घरबाहिर राखिएको २ मन धान खाएर करिब ३ हजार रुपैयाँको क्षति गरिदिएको पाइएको छ । सुनिता तामाङ र जितबहादुर मगरको ५–५ कठ्ठामा लगाएको हरियो धानको बोटसमेत खाएर नष्ट गरिदिएको प्रहरीको भनाइ छ ।

स्थानीयका अनुसार जंगली हात्तीको गाउँ प्रवेश गर्ने र आतंक मच्चाउने घटना दोहोरिइरहेका छन् । तर, सम्बन्धित निकायले हात्ती रोकथाम र व्यवस्थापनका लागि पर्याप्त उपाय नअपनाउँदा किसानहरू वर्षैभरि जोखिममा बस्न बाध्य रहेको उनीहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.