छोरीलाई खोलाले बगायो, बाबु गम्भीर घाइते

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३०, शुक्रबार १६:२०

धरान । मदन भण्डारी लोकमार्गअन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुध खोलामा आएको आकस्मिक बाढीले मोटरसाइकलसहित बुवा–छोरीलाई बगाउँदा छोरी बेपत्ता भएकी छन् । बाबु गम्भीर घाइते भएका छन् ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार शुक्रबार दिउँसो करिब २ बजे उदयपुरबाट चतरातर्फ जाँदै गरेको मोटरसाइकल दुध खोलाको बाढीमा परेको थियो । मोटरसाइकलमा सवार धरान उपमहानगरपालिका–१६ का ४३ वर्षीय जीवन राई गम्भीर घाइते भएका छन् । उनलाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।

जीवन राईकी १९ वर्षीया छोरी अनिता राईलाई बाढीले बगाएर बेपत्ता बनाएको डीएसपी खतिवडाले बताए । अनिताको खोजीका लागि सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ । मोटरसाइकल पनि खोलाले बगाएको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.