जिल्ला र उच्च अदालतका २१० जना न्यायाधीशको सरुवा, विशेषको अध्यक्षमा भट्ट प्रस्तावित (सूचीसहित)

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३०, शुक्रबार १७:५६

काठमाडौं । जिल्ला र उच्च अदालतमा कार्यरत २ सय १० जना न्यायाधीशको सरुवा गरिएको छ ।

न्याय परिषद्को शुक्रबार बसको बैठकले न्यायाधीशहरुको सरुवा गरेको हो । बैठकले उच्च अदालतका ८८ जना र जिल्ला अदालतका ११२ जना न्यायाधीशको सरुवा गरेको छ ।

यसैबीच, विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको पनि सरुवा भएको छ । उनको उच्च अदालत जनकपुर सरुवा भएको हो ।

विशेष अदालतको अध्यक्षको जिम्मेवारी दिन उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टको नाम प्रस्ताव गरिएको छ । न्यायाधीश भट्टसहित ५ सदस्यीय समिति प्रस्तावित गरिएको हो ।

सदस्यमा नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको नाम प्रस्ताव गरिएको छ ।

यी हुन् सरुवामा परेका न्यायाधीश

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.