दुध खोलाले बगाएकी अनिता ३ दिनपछि सप्तकोशी किनारमा मृत फेला

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १, आइतबार १२:२३

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदी किनारमा आइतबार बिहान युवतीको शव फेला परेको छ । धरान उपमहानगरपालिका–१६ की १९ वर्षीया अनिता राईको शव भेटिएको हो ।

दाउरा खोज्न गएका स्थानीयले बिहान ८ बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

गत शुक्रबार बराहक्षेत्र–१ मा पर्ने मदन भण्डारी राजमार्गको दुध खोलाले मोटरसाइकलसहित बुबा–छोरीलाई बगाएको थियो । त्यस क्रममा स्थानीय र प्रहरीको सहयोगमा बुवा जीवन राईलाई जीवितै उद्दार गरियो । तर, छोरी अनितालाई भने खोलाले सप्तकोशीमा मिसाएर बेपत्ता बनाएको थियो ।

बेपत्ता भएयता खोजी जारी राखिएको पनि उनी फेला परेकी थिइनन् । खोजी जारी रहेकै बेला राजाबासमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.