कोइरालालाई कोशराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार

Share this
619shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २, सोमबार ०८:२४

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले कोशराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार तीर्थ कोइरालालाई प्रदान गर्ने भएको छ ।

महासंघ अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा बसेको बैठकले नेपाल प्रेस इन्ष्टिच्यूटका अध्यक्ष तथा न्यूज २४ का प्रधानसम्पादक कोइरालालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय लिएको हो । पुरस्कारको राशि २५ हजार रूपैयाँ रहेको छ ।

महासंघ मोरङका सचिव नेत्र पी अधिकारीका अनुसार पुरस्कार आगामी भदौ ७ गते मोतीराम जयन्तीका अवसरमा वितरण गरिने छ । यसअघि उक्त पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरु हरिहर विरही, विष्णु निष्ठुरी र धर्मेन्द्र झा पुरस्कृत भइसकेका छन् ।

नेपाल पत्रकार महासंघ मोरङले कोशराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार र पीताम्बर–खिलेश्वरी पत्रकारिता पुरस्कार प्रत्येक २–२ वर्षमा वितरण गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.