पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका २ मजदुरको मृत्यु, ५ घाइते

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २, सोमबार १८:४०

विराटनगर । म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा २ मजदुरको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

रघुगंगा गाउँपालिकामा –५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको पहिरोमा २ मजदुरको पुरिएर मृत्यु भएको हो । उक्त घटनामा घाइते भएका ५ जनालाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

‘त्यहाँ काम गर्ने नेपाली कामदारले १ नेपाली र १ विदेशी नागरिकको शव भेटिएको जानकारी दिएका छन्’ उनले भने, ‘मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.