चिसाङ खोलाले बगाउँदा २ जनाको मृत्यु

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ४, बुधबार १९:३२

विराटनगर । चिसाङ खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मोरङको लोटाङमा बुधबार साँझ चिसाङ खोलाले बगाउँदा लेटाङ नगरपालिका–१ अमलबोटेका अन्दाजी ७४ वर्षीय बुद्धवीर तामाङ र लेटाङ– २ किराँत चोकका ५० वर्षीय च्याङ्बा भनिने टिंके घिसिङको मृत्यु भएको हो ।

मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनुवारका अनुसार लेटाङ बजारबाट घरतर्फ फर्किने क्रममा लेटाङ– ६ लामिटारस्थित बगुवा भन्ने ठाउँबाट साझ साढे ५ बजे उनीहरुलाई खोलाले बगाएको थियो ।

घर फर्किने क्रममा दुवै जनाले एकैपटक खोला तरेका थिए । प्रहरीका अनुसार खोलाले बगाउँदै गरेको अवस्थामा अन्दाजी ८ सय मिटर तल दक्षिणमा स्थानीयले निकालेर हेर्दा बुद्धवीरको मृत्यु भइसकेको थियो ।

घटनास्थलबाट करिब ९ सय मिटर तल खोलाको बीच भागमा टिंकेको शव फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको इन्स्पेक्टर राकेश रेग्मी नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरि दुवै शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय लेटाङबाट करिब ६ किलोमिटर उत्तर–पश्चिममा पर्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.