विराटनगरमा बिहानैदेखि वर्षा, कस्तो छ आजको मौसम ?

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ५, बिहीबार ०६:३१

विराटनगर । विराटनगर क्षेत्रमा बिहीबार बिहानदेखि नै वर्षा भइरहेको छ । बागमती, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा पनि हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र रातिको अवस्था भने सामान्य रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन कमजोर छ ।

जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा र तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर साधारण बदली भइ केही स्थानमा वर्षा हुने महाशखाले जनाएकाे छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.