
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिले भूमि विधेयक पारित गरेको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले प्रस्तावित भूमिसम्बन्धी ३ विधेयक बिहीबार बहुमतले पारित गरेको हो । प्रस्तावित प्रतिवेदनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका सांसदले समर्थन गरेका थिए ।
एमाले र कांग्रेसका सांसदको समर्थनसँगै विधेयक बहुमतले पारित भएको हो । तर, पारित भएको विधेयकमा विपक्षीले भने ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले सत्तापक्षले पास गरेको विधेयकमा आफूहरू सहमत नभएको बताए । उनले ‘नोट अफ डिसेन्ट’ लेख्न लागिएको जानकारी दिए ।

























