सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ९, सोमबार १८:४१

काठमाडौं । सुक्खा पहिरोका कारण पृथ्वी राजमार्गको धादिङ खण्ड अवरुद्ध भएको छ ।

सोमबार बेलुका साढे ५ बजे धादिङको गजुरी गाउँपालिका–५, गलौदीमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाटो खुलाउने प्रयास भइरहेको छ ।

पहिरो खसेको स्थानमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायव उपरीक्षक विकास थापाको कमाण्डमा १० जनाको टोली खटिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.