कस्ताे छ आजकाे माैसम ?

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १०, मंगलबार ०६:५०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही स्थानमा वर्षाको सम्भावना छ । भारी वर्षा नहुने  अनुमान छ । भोलिबाट भने देशका केही स्थानमा भारी वर्षा हुनेछ ।

विभागका अनुसार दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहरू र तराईको एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंमा आज अपराह्नपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा छ । न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा भएपछि जलवाष्पयुक्त हावा पनि कम आउँछ । त्यसैले ठूलो वर्षा हुँदैन । न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणतर्फ हुँदा भारतमा ठूलो वर्षा हुन्छ ।

न्यूनचापीय रेखा भोलिबाट पुनः उत्तरतर्फ सर्ने सम्भावना रहेकाले भाेलि वर्षाकाे सम्भावना छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.